Message From Party General Secretary
CPN FLAG
नेत्र विक्रम चन्द (विप्लव)
महासचिव, नेपाल कम्युनिष्ट पार्टी
नेपालका युवाहरू विगत ७० वर्षदेखि लडिरहेका छन् । नेपालको स्वाधीनता र देशको भविष्यका लागि नेपालका युवाहरू सङ्घर्ष गर्दै आइरहेका छन् र आज पनि जारी छ । मलाई सम्झना छ । पञ्चायतका विरुद्ध काठमाडौँमा महेन्द्रको सालिकमा उक्लने युवाहरूले सोच्दै थिए होलान्, सायद उनीहरू सोच्दै थिए होलान्– म मरे पनि देश स्वाधीन बन्नेछ । त्यति बेला महेन्द्रको सालिक तोड्न उक्लने युवाहरूलाई प्रहरीले गोली हान्दै ढाल्दै गर्यो तर युवाहरू आत्मसमर्पण गरेनन् । तपाईंहरूले इतिहास सुन्नुभएको राणाविरोधी आन्दोलनमा संलग्न युवाहरूलाई कलेजबाट, क्लबबाट गिरफ्तार गरे । उनीहरूले आत्मसमर्पण गरेनन् । राणाहरूले आत्मसमर्पण गराउन खोज्दा युवाहरूले आफ्नो जीवन बलिदान गरे तर झुकेनन् । उनीहरूले देशको भविष्यको सपना बोकेका थिए र आफ्नो जीवन आहुति दिए । उनीहरू सोच्थे होलान्– हामी मरेर गए पनि देश तानाशाही शासनको चङ्गुलबाट मुक्त हुनेछ । हामी युवा हुँदा कहिलेकहीँ यो रातो ब्यानर ओढेर पनि सुत्ने गथ्र्यौं र सपना देख्थ्यौँ । हामीसँग राम्रो खाने र लगाउने नै हुँदैनथ्यो । हामी काठमाडौँका गल्लीहरूमा बसेर सपना देख्थ्यौँ– एक दिन नेपालका जनता मुक्त हुनेछन् र नेपालका…
Read More . . .
Message from The President
Chiranjivi image
प्रकाश शाही
अध्यक्ष, अखिल (क्रान्तिकरी)
सङ्गठित आन्दोलनको इतिहासका हिसाबले नेपाली विद्यार्थी आन्दोलनले सात दसक पार गरेको छ, यसलाई विश्वभरिका विद्यार्थी आन्दोलनका आँखाबाट हेर्दा यो समय धेरै लामो त होइन तर नेपालको सापेक्षतामा भने यो समय लामो हो । यसले आफ्नो क्षेत्रमा गरेको परिवर्तन र उथपुथलका योगबाट हेर्दा यो आन्दोलनले एउटा युगको प्रतिनिधित्व गरेको छ र यसले ऐतिहासिक महत्त्वका काम र परिवर्तन गरेको छ । नेपाली युवा विद्यार्थीहरूले यहाँका हरेक सङ्घर्ष, क्रान्तिहरूमा वीरता, बलिदानी र गौरवका हजारौँ कीर्तिमानी राखेका छन् र यसले नयाँ पुस्तालाई नयाँ सम्भावना र परिवर्तनका लागि ओतप्रोत र उद्वेलित गरेको छ, जुन यो आन्दोलनभित्रको उज्यालो पक्ष हो । भलै यसभित्र केही टुटफुट, विचलन र गद्दारीहरू पनि भए तर यी नगन्य मात्रामा छन् । यस नकारात्मकताबाट हामीले सिक्नुहुँदैन, यसको सकारात्मक पक्ष नै बढी छ । यसैबाट हामीले सिक्नु र गर्व गर्नुपर्दछ । यो आन्दोलन विद्यार्थी समुदायको मुद्दा र जनताको जनजीविकाको राजनीतिक मुद्दामा सँगसँगै केन्द्रित रह्यो । यसो हुनुमा हाम्रो देशको वस्तुगत अवस्था र आवश्यकताले पनि काम गर्यो भन्ने लाग्छ । जसका कारण विद्यार्थी आन्दोलन…
Read More . . .
‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ। सो संगठनका…

१२ देखि १७ वर्षका दीर्घरोगीलाई फाइजरको खोप दिइदै

काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी अमेरिकाले प्रदान गरेको कोरोना भाइरस विरुद्धको फाइजरको खोप १२…

अखिल (क्रान्तिकारी)को कार्यक्रमा प्रहरी दमन : प्रहरी नियन्त्रणमा रहेका बिध्यार्थिमाथि हातपात

काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै संघर्षमा उत्रिएको अखिल (क्रान्तिकारी)माथी प्रहरी दमन भएको छ ।…

वैज्ञानिक समाजवादका विशेषताहरू-१

वैज्ञानिक समाजवाद पुँजीवादी उत्पादन सम्बन्ध एवम् राज्यव्यवस्थाले समाजमा पैदा गरेका वर्गअन्तरविरोध, शोषण, उत्पीडन साथै दमनलाई समाधान दिनका लागि अनुसन्धान गरिएको…

टिपर ब्यबसायीले बन्द गराएको कोशी राजमार्ग खुल्यो

१८ माघ, विराटनगर । टिपर व्यवसायीले अवरुद्ध गरेको कोशी राजमार्ग खुलेको छ । मोरङको सुन्दरहरैंचामा ७ वटा टिपरमा आगजनी गरेको…

जन्त जान नदिएको झोंकमा घर मालिकको हत्या

१९ माघ, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि…

एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित

१३ मंसिर, चितवन । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । आइतबारसम्म वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै…

नेपाल बन्द सफल पारौँ भन्दै रामेछापमा नेकपाको मसाल जुलुस

मन्थली (रामेछाप) : नेपाल कम्युनिस्ट पार्टी रामेछापले नेपाल बन्दको पूर्वसन्ध्यामा सोमबार साँझ जिल्ला सदरमुकाम मन्थलीको मुख्य चोकमै मसाल जुलुस निकालेको छ…

अखिल क्रान्तिकारी सुदूर–पश्चिम प्रदेशको प्रथम बैठक सम्पन्न

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेश समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । सुदूर–पश्चिमको विद्यार्थी आन्दोलनलाई…

युरोपेली मुलुकमा पुन: लकडाउन लहर

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले युरोप कोरोना संक्रमणको केन्द्र बन्ने चेतावनी दिएको दुई साता नवित्दै युरोपेली मुलुकहरु धमाधम लकडाउनमा जान…

युरोप र एसियामा बर्ड फ्लू !

काठमाडौं । प्राणी स्वास्थ्यसम्बन्धी विश्व संगठन (ओआईई) समक्ष पेश गरिएको पछिल्लो रिपोर्टमा युरोप र एसियामा बर्ड फ्लू फैलिन थालेको उल्लेख…

चीन विश्वकै धनी देश !

काठमाडौँ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चीन विश्वकै धनी देश बनेको छ । प्रतिवेदन अनुसार पछिल्लो…