annisur
, November 21, 2021
अखिल (क्रान्तिकारी) CTEVT उपत्यका जिल्ला समितिले उपत्यका भित्रका सबै इलाका अन्तर्गतका कलेजहरुमा मागपत्र बुझाएको छ । बन्दाबन्दीको समयमा अनलाइन कक्षाको पहुँचमा नभएका सबै विद्यार्थीलाई वैकल्पिक विधिद्वारा पठनपाठनको व्यवस्था गर्नुपर्ने, बन्दाबन्दीको समयको शुल्कको ५० प्रतिशत शुल्क छुट गरिनुपर्ने जस्ता महत्वपूर्ण मागहरु समेटेर मागपत्रहरु पेश गरेको छ । पहिलो चरणमा, जिल्लाका इलाका अन्तर्गत, एक नम्बर इलाकामा ॐ समाज शैक्षिक प्रतिस्ठान कलंकी, स्कुल अफ मेडिकल साइन्स बनस्थली र केआईटि एन्जिनियरिङ कलेज टोखामा इलाका इन्चार्ज भुपाल विकको नेतृत्वमा बुझाइएको छ । दुई नम्बर इलाका अन्तर्गत ग्रीन तारा नर्सिङ कलेज भैँसेपाटी, एसियन हेल्थ फाउन्डेसन सातदोबाटो र विनायक कलेज अफ हेल्थ साइन्स बत्तिसपुतलीमा इलाका इन्चार्ज लक्षमण…
Read More . . .