जन्त जान नदिएको झोंकमा घर मालिकको हत्या

१९ माघ, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । यही माघ १४ गते राति थापाको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार थापाको हत्या घरमा काम गर्न बसेका धादिङ ताल्तीखोलका १४ वर्षीय सन्तोष आलेमगरले गरेको पुष्टि भएको हो । मगरले आफूलाई जन्त जान रोकेपछि आवेगमा आई खुकुरी प्रहार गरी थापाको हत्या गरेको स्वीकार गरेका छन् ।

पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । यही माघ १४ गते राति थापाको हत्या भएको थियो ।