‘बैज्ञानिक समाजवादी शिक्षाका लागि बिद्यार्थीहरु संघर्षमा उत्रनु आबश्यक ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डले बैज्ञानिक समाजवाद स्थापना भएपछी मात्र बैज्ञानिक समाजवादी शिक्षा लागु हुने भएकोले बिद्यार्थीहरु संघर्षमा उत्रनुको बिकल्प नभएको बताएका छन । “बैज्ञानिक समाजवादी ब्यवस्था र शिक्षाका लागि जनमत सङ्ग्रह” भन्ने मुलनाराका साथ “बिद्यार्थी जागरण अभियान २०७८” को उद्घाटन गर्दै प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन् ।

प्रबक्ता प्रकाण्डले संसद्वादी दल र नेताहरु जनताको दैनिक समस्याको समाधान गर्न भन्दा पनि कुर्सिको लुछाचुडीमा तल्लिन भएको बताउदै उनीहरुको यस्तो हर्कतले आम नेपाली जनतामात्र नभएर उनीहरुका बिदेशी मालिक समेत हैरान भै सकेको ठोकुवा गरे।

प्रवक्ता प्रकाण्डले युवा बिद्यार्थी परिवर्तनकारी शक्ति भएको बताउदै वर्तमान राजनीतिक संकटवाट देश र जनतालाई मुक्त पार्न खरो भएर संघर्षमा उत्रनु पर्ने बताए।
यसैगरी , प्रवक्ता प्रकाण्डले जनमत संग्रहमार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने राजनीतिक दलसंग मात्र आफ्नो पार्टीले सहकार्य गर्ने प्रष्ट पारेका छन। उनले प्रचण्डले पार्टी एकताको हल्ला गर्दै हिडेको बताउदै नेपालमा कम्युनिस्ट आन्दोलन र क्रान्तिलाई पूर्णता दिन जनमत संग्रहमार्फत बैज्ञानिक समाजवाद स्थापना गरेर मात्र सम्भब हुने ठोकुवा गर्दै जनमत संग्रह र नेकपाप्रतिको जनलहर देखेर संसद्वादी दल र नेताहरु अत्तालिन पुगेको दावी गरे।

नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल ( क्रान्तिकारी )का केन्द्रिय अध्यक्ष प्रकाश शाहीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष नरेन्द्र बिकले स्वागत मन्तब्य राखेका थिए भने संचालन महासचिव मिलन राईले गरेका थिए ।

“बैज्ञानिक समाजवादी ब्यवस्था र शिक्षाका लागि जनमत सङ्ग्रह” भन्ने मुलनाराका साथ सुरु गरिएको “बिद्यार्थी जागरण अभियान २०७८” को उद्घाटन कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा बिद्यार्थी फ्र्याक्सन इन्चार्ज मिलन, पार्टी केन्द्रिय सदस्य तथा अनेमसङ्घ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्द, पार्टी केन्द्रिय सदस्य तथा सहिद परिवार समाजका अध्यक्ष खुमा सुबेदी, मजदुर सङ्गठनका अध्यक्ष बिनोद थापा, पुर्व बिद्यार्थी अध्यक्ष तथा बिद्यार्थी सल्लाहकार चिरञ्जीवी ढकाल, युवा सङ्गठनका महासचिव विदुषीलगायतको समेत उपस्थिति थियो ।