उप्रेतीको कर्तुत उदाङ्गिदै !

काठमाडौँ । म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर बिमल उप्रेतीको कर्तुत दिनप्रतिदिन उदाङ्गिदै गएको छ । बिभिन्न सरकारी अस्पतालका कर्मचारीलाई कमिशनको जालोमा फसाई आफ्नो धन्दा चम्काउँदै आएका म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर बिमल उप्रेतीले देश र जनता कोरिना महामारीबाट आतंकित भइरहेको समयमा समेत लुटको धन्दा मच्याएको स्रोतले खुलाशा गरेको छ । गतसाल देशमा कोरोना महामारी फैलिएको समयमा म्याक्स मेडिटेकले बिभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको स्रोतले ठोकुवा गरेको छ ।

स्रोतका अनुसार म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर बिमल उप्रेतीले गतसाल देशमा कोरोना महामारी फैलिएको समयमा अक्सिजन नाप्ने ‘अक्सोमिटर’ र ज्वरो नाप्ने ‘डिजिटल थर्मामिटर’ लगायत विभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्रीमा कालोबजारी गरी लाखौ रुपया कुम्ल्याएका थिए ।

स्रोतका अनुसार गतसाल देशमा कोरोना महामारी फैलिएको समयमा म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर बिमल उप्रेती भारतमा बसेर अक्सिजन नाप्ने ‘अक्सोमिटर’ र ज्वरो नाप्ने ‘डिजिटल थर्मामिटर’ लगायत बिभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री नेपाल पठाउने र म्याक्स मेडिटेक प्रालिका कर्मचारीमार्फत् कालोबजारी गर्ने कार्यमा व्यस्त थिए । स्रोतका अनुसार हाल पनि डाइरेक्टर उप्रेती नेपालमा भन्दा बढी समय भारतमा बिताउँछन् । उनी नेपाल बस्दा बिभिन्न सरकारी अस्पताललगायत अन्य स्वास्थ्यसम्बन्धी निकायसँग सेटिङ मिलाउँछन् र ती सामग्री आपूर्ति गर्न भारत पुग्छन र आपूm त्यहीँ बसेर म्याक्स मेडिटेक प्रालिका कर्मचारीमार्फत् कारोबार अगाडि बढाउँछन् ।

यसैगरी, २०७६ सालमा देशका बिभिन्न स्थानमा निःशुल्क श्रवण परीक्षण शिविर गरी हजारौँ जनतालाई ग्यारेन्टीको प्रत्याभूति दिँदै आफ्नो स्वास्थ्य उपकरण र सामग्री भिडाएको र हाल उक्त कार्य बन्द गरी म्याक्स मेडिटेक प्रालिले बदमासी गरेको समेत खुलाशा भएको छ ।-