annisur
, January 26, 2019
१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिन लामो स्वीटजरल्याण्ड भ्रमण सकेर शनिबार बिहान स्वदेश फर्किएका छन् । प्रधानमन्त्री विदेशमै भएका बेला नेपालमा तीनवटा राजनीतिक परिघटना भए । एक- विपक्षी दललाई पेलेर चिकित्सा शिक्षा विधेयक पारित भयो । दुई- पश्चिमा राष्ट्रहरुले संयुक्त राष्ट्र संघको ब्यानरमा संयुक्त वक्तव्य जारी गरे । र, तीन- नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएलाको सन्दर्भमा अमेरिकी भूमिकाको निन्दा गर्दै वक्तव्य जारी गरे । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतको टोली युरोपबाट फर्कँदै गर्दा शनिबार विमानस्थलमा भेला भएका सञ्चारकर्मीहरुको जिज्ञासा यिनै राजनीतिक विषयमा केन्द्रित हुनु स्वाभाविकै थियो । विमानस्थलमा पत्रकारले प्रधानमन्त्री ओलीलाई डा. गोविन्द केसीको सन्दर्भमा…
Read More . . .