१२ माघ, सिमरा । बाराका सुरक्षा अधिकारी चढेको स्कार्पियो जिप दुर्घटना हुँदा सशस्त्र प्रहरीका एसपीको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल १२ नम्बर गण बारामा कार्यरत सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेलको मृत्यु भएको हो ।
दुर्घटनामा बाराका प्रमूख जिल्ला अधिकारी गणेश भट्टराई सहित अन्य ३ जना घाइते भएका छन् । दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल घाइते भएको प्रहरी स्रोतले जनाएको छ । घाइते मध्य बाराका प्रमूख जिल्ला अधिकारीको अवस्था गम्भिर छ ।
मैले डावोसमा ‘सेपिङ द फ्युचर अफ डेमोक्रेसी’ अर्थात लोकतन्त्रको भविश्य त्यसलाई कस्तो आकारमा लाने भन्ने कुराको सन्दर्भमा जुन विचारहरु राखें, त्यस सम्बन्धमा मैले विचार राख्नुभन्दा अगाडि वास्तविकता थाहा नपाएर कसैले गलत सूचना वा गलत प्रचारको प्रभावका आधारमा अलिकति स्पष्ट हुन खोजेको हुन सक्छ । तर, मैले स्पष्ट पारिसकेपछि त्यसमा कुनै प्रकारको अन्यथा बुझाइ रहने सम्भावनै थिएन ।
मैले लोकतन्त्रलाई राजनीति, आर्थिक र सामाजिक सबै क्षेत्रमा जनतालाई अधिकारसम्पन्न बनाउनुपर्छ, निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि स्वच्छ निर्वाध ढंगले छान्ने प्रणालीलाई लोकतान्त्रिक प्रणाली भनिन्छ ।
तर, लोकतान्त्रिक प्रणाली त्यतिमा मात्रै सीमित हुँदैन । आफ्ना प्रतिनिधि छान्ने सार्वभौमसत्ता सम्पन्न जनताको सार्वभौम अधिकारको सीमितता हैन, व्यापकता, सार्वभौमिकता हुन्छ । सार्वभौम जनता भनेको भोट दिने अधिकार राख्ने सार्वभौम जनता मात्रै होइन । सम्पूर्ण अधिकार अवसर, सुरक्षा, सम्मानको उत्तिकै हकदार हुन्छ । र, सार्वभौमसत्ता सम्पन्न हुन्छ ।
प्रेसको सम्बन्धमा मैले प्रेस स्वतन्त्रताको कुरा गरें । प्रेस एउटा सम्मानित क्षेत्र हो । जनतालाई सुसूचित गर्ने, शिक्षित गर्ने, यस्तो क्षेत्र हो । र, यस क्षेत्रमाथि कुनै प्रकारको थिचोमिचो, अधिकारको कटौती वा बञ्देज हुनुहुँदैन भन्ने कुरा राखें ।