‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ। सो संगठनका अध्यक्ष प्रकाश शाहीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । यस बिषयमा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ” हाम्रो गौरवशाली संगठन निरन्तर राष्ट्र, जनता र युवा विद्यार्थीहरूको पक्षमा आन्दोलनरत छ। यो विरासत आज पनि बलिदान सहित क्रान्तिकारी विद्यार्थीहरूले अगाडी बढाई रहेका छन । देशमा दलाल संसदिय व्यनस्थाका कारण राष्ट्रघात, जनघात बढीरहेको र नेपाली जनताले दुःख पाउने प्रक्रिया निरन्तर छ । जसको पछिल्लो उदाहरण हो कार्तिक २१ मा नेपाली भुमी सुस्तामा भारतीय प्रहरीले गरेको हस्तक्षेप । यो प्रकारको हस्तक्षेप हुदाँ पनि सरकार मौन रहनु राज्यको गैह्र जिम्मेवार र दलालीको पराकास्टा हो ।

कुरा यतिमा टुंगीदैन यसै बीच राष्ट्रघाति MCC बारे संयुक्त हस्ताक्षरको विवाद र संसदबाट पास गर्ने कुराहरू पनि बाहिर आईरहेका छन्‌ । यी समाचारले नेपाली जनता आजीत भैरहेकै वेला जनताको जनजिबीका संग जोडिएको पेट्रोलीयम पदार्थको मुल्यवृद्धि पकट पटक गरिदाँ नेपाली जनताको जीवन थप कष्टकर बनिरहेको छ । यसै बीच फेरी २०७८ कार्तिक २४ गते पेट्रोलियम पदार्थमा रू ३/३ प्रतिलिटर, एलपी ग्यासमा रू ७५ र हवाई ईन्धनमा रु. ५ प्रतिलिटर गरिएको मुल्यवृद्धि प्रति हाम्रो संगठनको गंभिर ध्यानाकर्षण भएको छ । यो चर्को मुल्यवृद्धि तत्काल खारेज गरि पेट्रोलीयम पदार्थमा भई रहेका चुहावट र भष्टाचारी कर्मचारीहरू माथी कार्वाही गरियोस भन्ने माग राख्दछौं । बढाईएको मुल्य नघटाए सम्मका लागी देशव्यापी पहिलो चरणको संघर्षको कार्यक्रम घोषणा गर्दछौ । मुल्यवृद्धि फिर्ता नभए थप संघर्षका कार्यक्रमहरु घोषणा गरिने छ । “