इलाममा दुई बिद्यार्थी नेता गिरफ्तार , सेक्रेटरी ससत्र प्रहरीको घेरामा

काठमाडौँ । पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा सरकारले गरेको मुल्यबृद्धिविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्द गर्न सडकमा निस्किएका इलामका दुई बिद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य बिनोद मगर र बिद्यार्थीका इलाम उपाधक्ष मगेस राना गिरफ्तारिमा परेका हुन । त्यस्तै बन्दमा सडकमा निस्किएका नेकपा इलामका जिल्ला सेक्रेटरी मौसमलाई ससस्त्र प्रहरिले कब्जामा लिएको छ । उनलाइ कब्जमा लिएर सडकमै राखेको बताइएको छ । प्रहरिले बिद्यार्थीलाई लखेट्दा एकजाना बिधार्थी र ससत्र प्रहरिका इन्स्पेक्टर सामन्य घाइते समेत भएका छन । इलाम सदरमुकामको मुख्य बजार ठप्प छ भने मेची राजमार्ग अन्तर्गत इलाम खण्डमा कुनै पनि सवारी साधन चल्न सकेका छैनन । प्रहरिले स्कर्टिङ्ग गरेर गन्तव्यमा पुर्याइदिन्छौं भनेर आश्वासन दिंदा समेत सवारी साधन प्रयोगकर्ताले चलाउन मानेका छैनन । अहिले सम्म शान्तिपुर्ण नै रहेको वन्दलाइ अवज्ञा गरिए ससक्त प्रतिरोध गरिने युवानेता बिद्रोहीले बताएका छन ।