नेपालबन्द : जनजीवन ठप्प, नेकपाका नेता – कार्यकर्तामाथि प्रहरी धड्पकड़

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिलगायत अन्य उपभोग्य सामानमा गरिएको मुल्यबृद्धि, महँगी, भ्रष्ट्राचारलगायतका विषयको विरोध गर्दै आव्हान गरेको नेपाल बन्दले जनजीवन ठप्प भएको छ । बन्दको कारण लामो तथा छोटो दुरीका सवारी साधनहरू बन्द रहेका छन्अ भने न्य उद्योग धन्दा, कलकारखाना, व्यापार -व्यावसाय समेत बन्द रहेका छन् । काठमाडौँलागायत देशका ठुला शहरहरू विराटनगर, महेन्द्रनगर, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, पोखरालगायतका सम्पूर्ण गाउ तथा शहर बन्द रहेका छन् ।
यसैबीच, नेपाल बन्दका क्रममा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका दर्जनौँ नेता – कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ । यसैक्रममा क्रममा सिन्धुलीबाट नेपाल कम्युनिस्ट पार्टीका २६ जना नेता कार्यकर्ता गिरफ्तार परेका छन् । गिरफ्तार हुनेहरूमा नेकपाका सिन्धुली सेक्रेटरी गोपाल ब्लोन, विशेष कमिटीका सदस्य शशि राई, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तेज लामा, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मिम ऐडि लगायत २६ जना छन् । उता रुकुममा पनि प्रहरीले नेकपाका १३ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा नेकपाका जिल्ला सचिवालय सदस्य मोतिराम खड्का, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मोतिराम खड्का, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष सोमपाल कामी, लगायत छन् ।
यस्तै तनहुँमा पनि नेकपाका नेता कार्यर्तालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । आज बिहान मात्रै नेकपा केन्द्रीय सदस्य आधार, युवा सङ्गठन नेपालका केन्द्रीय महासचिव विदुषी लगायतलाई प्रहरीले गिरफ्तार गरेको थियो ।