बाराका प्रमुख जिल्ला अधिकारी चढेको जीप दुर्घटना, सशस्त्रका एसपीको मृत्यु

१२ माघ, सिमरा । बाराका सुरक्षा अधिकारी चढेको स्कार्पियो जिप दुर्घटना हुँदा सशस्त्र प्रहरीका एसपीको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल १२ नम्बर गण बारामा कार्यरत सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेलको मृत्यु भएको हो ।

दुर्घटनामा बाराका प्रमूख जिल्ला अधिकारी गणेश भट्टराई सहित अन्य ३ जना घाइते भएका छन् । दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल घाइते भएको प्रहरी स्रोतले जनाएको छ । घाइते मध्य बाराका प्रमूख जिल्ला अधिकारीको अवस्था गम्भिर छ ।